मंसिर ११, काठमाडौं । बालुवाटारस्थित सरकारी स्वामित्वको ललितानिवासको जग्गा हिनामिनामा संलग्नमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानविन गरिरहेका छ।
प्रधानमन्त्री निवास विस्तारको नाममा बालुवाटारको जग्गा हिनामिना गरेको नक्कली मोही र गुठी खडा गर्नेलगायत कार्यमा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी सिआइबीले प्रतिवेदन तयार पारिरहको छ।
सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले सिआइबीले ललितानिवास बालुवाटार जग्गा हिनामिनाको छानबिन अन्तिम चरणमा पुगेको बताए । सिआइबीले उक्त प्रतिवेदन अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगलगायतका सम्बन्धित निकायमा बुझाउने तयारी गरिरहेको उनको भनाइ छ। अन्य विषयमा भने थप बोल्न नमिल्ने एसपी पाण्डेले बताए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले ललितानिवास बालुवाटारमा प्रधानमन्त्री निवास विस्तार गर्दा भएको निर्णयको प्रतिलिपि र उक्त कार्यका संलग्न कर्मचारीहरूको विवरण उपलब्ध गराउन पटकपटक ताकेता गर्दा पनि उपलब्ध हुन नसकेको तथ्य खुल्न आएको छ।
सिआइबीले गठन गरेको छानबिन समितिका एक सदस्यका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जिम्मेवार अधिकारीहरूले पटकपटक ताकेता गर्दा पनि निर्णय फाइल आफूहरूसँग नभएको भन्दै मन्त्रालयका अधिकारीहरूले दिएका छैनन्। नागरिक दैनिकमा खबर छ ।