प्रदेश ३ को नाम नेवा– ताम्सालिङ राख्नुपर्ने भन्दै जनजाति महासंघको बिरोध

Post Thumbnail

पौष २८, काठमाण्डौ । नेपाल आदिवासी जनजाति महासंघले प्रदेश ३ को नाम बागमती राखेकामा विरोध जनाएको छ । पहिचानमा आधारित नेवा– ताम्सालिङ राख्नुपर्नेमा प्रदेशसभाले बागमती राखेको भन्दै महासंघले असहमति र विरोध प्रकट गरेको हो ।

प्रदेशसभालाई सत्तारुढ नेकपाको आदेशबाट प्रदेशसभा सांसदलाई बन्दी बनाएर र नागरिकसँग छलफल नै नगरी पञ्चायतकालको झल्को दिने गरी प्रदेशको नामाकरण गरेको महासंघको आरोप छ । यसरी नामाकरण गरिनुले जनआन्दोलन, सशस्त्र युद्ध, आदिवासी आन्दोलन, मधेश आन्दोलनलगायत आन्दोलनको औचित्यमाथि नै प्रश्न उठाएको महासंघले सोमबार विज्ञप्ति निकालेर उल्लेख गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस