फाल्गुण १९, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप सात विभागमा प्रमुख मनोनित गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बहिष्कारका बीच देउवाले विभागीय प्रमुखहरु तोकेका हुन् ।
उनले एनपी साउदलाई शुभेक्षुक संस्था, अम्बिका बस्नेतलाई वातावरण तथा विपत व्यवस्थापन, ईश्वरी न्यौपानेलाई महिला र केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभागको प्रमुख मनोनित गरेका हुन् । यस्तै मोहनबहादुर बस्नेतलाई खेलकुद, वीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय र हरिप्रसाद नेपाललाई शिक्षा विभाग प्रमुख मनोनित गरिएको छ ।