फाल्गुण २२, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र फेरि किचलो सुरु भएको छ । भापति शेरबहादुर देउवाले एकतर्फी रूपमा पार्टीका विभाग गठन गर्दै आफू निकट नेताहरूलाई केन्द्रीय सदस्य मनोनीत गर्नेसम्मका गतिविधि गरेपछि कांग्रेसभित्र फेरि किचलो देखिएको हो ।
सभापति देउवाले केही दिनअघि पार्टीका रिक्त विभागमा आफू निकट केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिएका थिए । यस्तै, उनले अन्य पार्टीबाट विभिन्न समयमा कांग्रेस प्रवेश गरेकाहरूलाई समेत पार्टीमा आमन्त्रित केन्द्रीय सदस्यका रूपमा जिम्मेवारी दिएका थिए ।
संस्थापन समूहको सो किसिमको रणनीतिपछि कांग्रेसभित्रको इतर समूह मानिएको वरिष्ठ नेता रामचन्द्र पौडेल निकट समूह आक्रोशित भएको छ । सो समूहले संस्थापन समूहको रणनीतिलाई कसरी रोक्ने भन्ने विषयमा दिनहुँजसो छलफलसमेत गर्दै आएको छ ।
पौडेल समूहले बुधबार पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा रणनीति बनाउन भन्दै बैठक गरेको थियो । बैठकपछि पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बुधबार जिल्ला उपसभापतिहरूका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रम पौडेल समूहले बहिष्कार गरेको छ ।
‘बैठकपछि हामी प्रशिक्षण प्रतिष्ठानले जिल्ला उपसभापतिका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा गएनौं । पौडेल समूहको बैठकमा राजधानीमा उपलब्ध केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू र उपसभापतिको सहभागिता थियो ।
आरोप लगाए ।