लकडाउनले खान र बस्नको समस्या भए फोन गर्नुस् : नेपाल कम्युनिष्ट पार्टी (नम्बरसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख ८, सोमबार (५ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

वैशाख ८, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले लकडाउनका कारण खानबस्नको समस्याले काठमाडौंं नछाड्न आग्रह गरेको छ । नेकपाको काठमाडौं जिल्ला कमिटीले एक अपिल जारी गर्दै श्रमिकहरुलाई यथास्थानमा बस्न आग्रह गरेको हो । खान र बस्नको समस्याले कसैले काठमाडौं छोड्नुपर्ने अवस्था नआउने नेकपा काठमाडौं जिल्ला कार्यालयको अपिलमा जनायएको छ ।

‘तपाई रहनु भएको वडाका जनप्रतिनिधि, मेयर, उपमेयर, जिल्ला समन्वयका प्रमुख, उपप्रमुख, सदस्य, प्रदेश तथा संघीय सांसदहरुको सम्पर्कमा पुग्नुहोस्, अपिलमा भनिएको छ, ‘तपाईको समस्या समाधान हुनेछ । आवश्यक परेमा नेकपाको जिल्ला, नगर र वडा कमिटीहरु हरदम समन्वय गर्न तयार छ । ‘

अफ्ट्यारोमा परेकालाई सहयोग गर्न काठमाडौं जिल्ला कमिटीका सदस्यहरुको नाम र टेलिफोन नम्बरसमेत उपलव्ध गराइएको छ । काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राई र सचिव हिमाल शर्माले जारी गरेको विज्ञप्तिमा सामाजिक दूरी काम गर्दै लकडाउनको पूर्ण पालना गर्न र कुनै अफवाको पछी नलाग्नसमेत अपिल गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस