राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख ८, सोमबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

वैशाख ८, काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने भएको छ । राजनीतिक दल विभाजनसम्बन्धी प्रावधानलाई केही संशोधन गरेर अध्यादेश ल्याउन लागिएको बताइएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकमा यसबारे छलफल भएको बताइएको छ । हालको कानुन अनुसार राजनीतिक दल विभाजन हुनलाई संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत संख्या पुर्‍याउनुपर्छ ।
स्रोतका अनुसार अब केन्द्रीय समितिमा मात्रै ४० प्रतिशत भए पनि दल विभाजन गर्न सकिने प्रावधान राखिँदैछ । कोरोना महामारीले निम्त्याएको संकटका बीच राजनीतिक दलसम्बन्धी कानून संशोधन गर्ने अध्यादेश किन ल्याउन लागियो भन्ने बारेमा चर्चा शुरु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस