बैशाख ९,काठमाडौँ । युवासंघ नेपालका नेता सञ्जिव रोकाहाले सिमित साधन स्रोतका बाबजुद पनि सरकारले गरेका महत्वपुर्ण निर्णयका कारण अहिलेसम्म कोरोना सङ्क्रमण फैलन नपाएको बताएका छन । समयमा लकडाउन र अन्तराष्ट्रियसहित सबै हवाइ उडान बन्द गरिनु नै अहिलेको अवस्थामा सुरक्षित बन्न पुगेको उनले बताएका हुन । उनले भनेका छन– ‘खुल्ला सिमाना छ चाहेर एक दुई दिनमा बोर्डर सिल गर्न सकिन्न तथापी सुरक्षाकर्मीको बाक्लो उपस्थितीले वारि पारी गर्नलाई रोक्न सफलता मिलेको देखिन्छ। जमातीका कारण फैलन सक्ने सङ्क्रमण एउटा ठूलो चुनौती बनेको छ तर प्रदेस २ बाहेक अन्य ठाउँमा प्राय मस्जिद मदरसामा रहेकाको बिवरण र स्वास्थ्य जाँच चलिरहेको छ। हरेक पालिकामा तल्लो तहसम्म सरकारका निर्वाचित प्रतिनिधि हुनुहुन्छ। विशेष गरि विदेशबाट आएका नागरिकको जानकारी लिनलाई वडा सदस्य सम्मलाई जिम्मेवारी दिँदा सहजै डाटा उपलब्ध हुन्छ र भैरहेको छ।’
नेता रोकाहाले हरेक पालिकामा विभिन्न दल आबद्द प्रमुख उपप्रमुख सहितको सरकार रहदा झनै सहज भइरहेको र हरेक पालिकाले सर्बदलिय संयन्त्र गठन गरि काम गरिरहेका कारण स्थानिय तहमा कोरोना संक्रमण रोक्न सहजता मिलेको बताएका छन । सरकारले हरेक पालिकामा आवश्यक उपकरण कीटको ब्यवस्था गरेको छ र आगामी दिनमा अझ धेरै उपकरण र औषधी थप हुँदै जाने उनि बताउछन । हिजो सिमित साधन स्रोत र औषधी हुदा व्यवस्थापन गरेको सरकारले आगामी दिनमा विभिन्न माध्यमबाट केन्द्रमा भण्डारण भएका सामाग्रीको बितरण गर्ने उनको भनाई छ ।
अहिले हरेक प्रदेश सरकारले बिपतको घडीमा आफुलाइ सबल र अब्बल देखाएको रोकाहाको धारणा छ । उनले स्थानिय जनप्रतिनिधिले जनता प्रतीको उत्तरदायित्व सही तरिकाले बहन गरेको दावी गरेका छन । उनि भन्छन–’यो बेला सरकारलाई सकेको सहयोग सबैले गर्नुपर्छ । सरकारको नियम परिधीमा रहेर कोरोना बिरुद्द सफलता पाउनु पर्छ। कोरोना बिरुद्दको लडाइमा हामिलाइ हार्ने छुट छैन । सकारात्मक भावनाले रोग नि जितिन्छ र सिंगो मानव जातीलाई नि बचाउन सकिन्छ। हामी अवश्य जित्ने छौ।’