प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डले थाले सांसदसँग समुह छलफल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १०, बुधबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

वैशाख १०, काठमाण्डौ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय सांसदमा प्रतिनिधित्व गर्ने सांसदहरुसँग पार्टी स्थापना दिवसको अवसरमा छलफल गरेका छन् । प्रधानमन्त्री एवं पार्टी अघ्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी स्थापना दिवसको अवसरमा बालुवाटारमा संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरूसँग प्रदेशस्तरीय समुहमा छलफल गरिरहेका छन् ।

सुदूरपश्चिम प्रदेशबाट शुरू भएको छलफल प्रदेश नं १ र वागमती प्रदेश हुँदै क्रमशः सातवटै प्रदेशका सांसदहरूसँग आज र भोलिसम्म गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । छलफलमा जारी अध्यादेश र कोरोना भाइरसविरूद्दको लकडाउन लगायतका विषयहरूमा सांसदहरूलाई स्पष्ट गर्न यसरी छलफल गरिएको सल्लाहकार थापाले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस