लकडाउनको समयावधि भोलि सकिँदै, आज बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे थप निर्णय गर्ने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १४, आईतबार (५ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

वैशाख १४, काठमाडौं । कोरोनाभाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन लागू गरेको आज ३४ दिन पुगेको छ । सरकारले लागू गरेको लकडाउन सोमबार मध्यराति देखि सकिँदैछ । अब फेरि लकडाउन होला कि नहोला भन्नेबारे सर्वत्र चासो छ । शनिबारमात्रै बसेको कोभिड १९ उच्चस्तरीय समन्वय समितिको बैठकले एक साता लकडाउन गर्ने प्रस्ताव गर्नुका साथै लकडाउनको स्वरुप परिवर्तन गर्नेबारे समेत छलफल गरेको छ ।
यद्यपी आज बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्नेछ । कोरोना भाइरसको महामारीको रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन लागू गरेको थियो । लकडाउनका कारण देशमा कोरोना भाइरसको महामारी फैलिन पाएको छैन् । तर सबैक्षेत्र बन्द भएपछि जनजीवन भने प्रभावित भएको छ ।

तरपनि नागरिकले लकडाउनको पूर्णरुपमा पालना गरेका छन् । आइतबार काठमाडौं उपत्यकाका सडकहरुमा पुग्दा अत्यावश्यक ढुवानीका साधनहरु एवं अत्यावश्यक सेवाका सवारी साधनहरु चलेका थिए । सडकमा नागरिकको आवागमन देखिँदैन भने सहरका भित्रि सडकमा पनि आफ्नो घर नजिकको पसलसम्म पुगेर किनमेल गर्नबाहेक मानिसहरु बाहिर निस्केका छैनन् । सहरका मुख्य सडकहरु सुनसान छन भने चोकचोकमा बसेका सुरक्षाकर्मीले चेकजाँचलाई कडाई पारेका छन् ।

नेपालमा अहिले सम्म कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या ४९ पुगेको छ । यस्तै १२ जना निको भइसकेका छन् । अहिले सम्म ९ हजार ६ सय १७ जनाको पीसीआर प्रविधि मार्फत कोरोना भाइरस परीक्षण गरिएको छ । यस्तै १४ हजार ७ सय ३१ जना क्वारेन्टाइनमा छन भने आइसोलेसनमा ८७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस