विवादबीच आज नेकपा सचिवालय बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १६, मंगलबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

वैशाख १६, काठमाडौं । पछिल्ला दिनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा मा देखिएका विवादबीच आज सचिवालय बैठक बस्दैछ । दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने यो बैठकमा नेताहरुबीच चर्को संवाद हुने अपेक्षा गरिएको छ ।

सोमबार दिनभर नेकपाका नेताहरु एकअर्कासँगको भेटघाटमा व्यस्त थिए । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमले आआफ्ना गुटलाई यतिबेला निकै सक्रिय पारेका छन् ।

आज बस्ने सचिवालय बैठकले नेकपा स्थायी समिति बैठक छिट्टै बोलाउने अनुमान छ । तर, प्रधानमन्त्री तथा अध्यक्ष ओली अहिले तत्काल स्थायी समिति बैठक नबोलाउने पक्षमा छन् । उनले वरिष्ठ नेता माधवकुमार नेपालसँग यसका लागि परामर्श गरेको बुझिएको छ । तर, प्रचण्ड, नेपाल, खनाल र गौतम तत्काल स्थायी समिति बैठक बोलाउनु पर्ने पक्षमा छन् । त्यसैले आजको सचिवालय बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस