सर्वोच्च अदालतले आजदेखि रिट निवेदन दर्ता र सुनुवाई गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १६, मंगलबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

वैशाख १६, काठमाडौं । सर्वोच्च अदालतले आजदेखि रिट निवेदन दर्ता र त्यसको सुनुवाई गर्ने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यान दिँदै गत चैत ७ गतेदेखि सेवाप्रवाहालाई सिमीत बनाएकोमा आजदेखि रिट निवेदन दर्ता र त्यसको सुनुवाई गर्ने सर्वोच्च अदालतका सुचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

सर्वोच्च अदालतको पूर्ण बैठकले आजदेखी काम कारवाही तथा सेवा प्रवाह सुरु गर्ने निणर्य गरेबमोजिम काम सुरु हुन लागेको ढकालले जानकारी दिए । विपद्‌मा सामाजिक र भौतिक दूरी कायम गरी स्वाथ्य सुरक्षाप्रति थप सावधानी अपनाउदै काम सुरु गर्ने सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। रिट निवेदनको दर्ता र सुनुवाईको क्रममा सेवाग्राही कानुन व्यवसायी तथा कर्मचारीको आवागमन र उपस्थितिमा आवश्यक नियमन, नियन्त्रण र ब्यवस्थापन गर्ने विज्ञप्तीमा जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस