वैशाख १६, काठमाडौं । कोरोना संक्रमणका कारण सरकारले लकडाउन जारी गरेपछि हजारौं मजदुरहरुलाई दैनिक जीवन यापन गर्नै मुस्किल परिरहेको छ । दैनिक ज्यालादारी मजदुर मात्रै नभएर विद्यार्थीहलाई समेत छाक टार्न धौ धौ परिरहेको छ । यस्तै, जटिल अवस्थामा रहेका मजदुर तथा विद्यार्थीहरुलाई कोठा कोठामा चामलका बोरा पुर्याउँदै हिडिरहेका छन् विद्यार्थी नेता सुदेश पराजुली ।
साविक अनेरास्ववियुको सचिव तथा अहिलेको अनेरास्ववियूका नेता पराजुलीले दैनिक जसा चामलका बोरा बोकेर हिडिरहेका छन् । यतिबेला देशका गरिब मजदुर तथा विद्यार्थीको जीवन संकटमा छ, हामीले सानो सहयोग गरिहेका छौं, पराजुलीले भने । उनी र उनको नेतृत्वको टोलीले एक सय भन्दा बढी परिवारलाई राहत वितरण गरिसकेको छ ।