वैशाख १७, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार आज बस्दैछ । दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले सरकारले चालेका कदमको मूल्यांकन गर्ने बताइएको छ । लकडाउनकै समयमा सरकारले ल्याएको अध्यादेश, कोरोना संक्रमण र नियन्त्रणमा सरकारले चालेका कदमलगायतका विषयमा कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्नेछ । सरकार अधिनायक दिशामा रहेको आरोप लगाएको कांग्रेसले लकडाउनपछि सरकारविरुद्ध गरिने गतिविधिका विषयमा समेत छलफल हुने बताइएको छ ।
आजको बैठकले संसद बैठक छिटो बोलाउन सरकारसँग आग्रह गर्ने भएको छ । राहत वितरणमा विभेद गरिएको आरोप लगाएको कांग्रेसले सरकारको त्यसतर्फ ध्यानाकर्षण गराउने भएको छ । बैठक बुधबार नै सकिने सह महामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।