जेठ ६, काठमाण्डौ । विदेशमा रहेका नेपालीलाई फर्काउने विष्यमा छलफल गर्न कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठक बस्न लागेको छ । कोरोना महामारीका कारण विदेशमा थुप्रै नेपाली अलपत्र परेका छन् । कयौंले घर फर्किन इच्छा गरेका छन् ।
उच्चस्तरीय समितिको बैठकमा विदेशमा रोजगारी गुमाएर घर फर्किने खोजेका नेपालीलाई कसरी फिर्ता ल्याउने भन्ने विषयमा छलफल हुने जनाएको छ । उनीहरुलाई नेपालले ल्याएर कसरी व्यवस्थापन गर्ने भन्ने मोडालिटीका विषयमा निक्र्योल गर्ने जनाएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधन गर्दैछन् । नीति तथा कार्यक्रममाथि सांसदहरुले राखेका प्रश्नको जवाफ दिनेछन् । त्यसअघि उच्चस्तरीय समितिको बैठक बसेर विदेशमा रहेका नेपालीबारे पनि निर्णय गर्ने जनाएको छ । त्यसकै आधारमा प्रधानमन्त्री ओलीले संसद्मा जवाफ दिने भएका छन् ।
विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन विषयमा सर्वोच्च अदालतले पनि आदेश दिएको छ । त्यस्तै, संसदीय समितिहरुले पनि विदेशमा रहेका नेपालीलाई फर्काउन निर्देशन दिएका छन् ।