जनतालाई छलछाम नगरी राज्यले धान्न सक्ने आर्थिक प्याकेज ल्याउनुपर्छ: प्रधानमन्त्री

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ६, मंगलबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

जेठ ६,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतासँग कुनै छलछामको व्यावहार नदेखाई यथार्थ चित्रण देखाउने गरी सरकारको नीति तथा कार्यक्रम ल्याएको बताएका छन् । उनले संसदमा भने– प्याकेज देखाउने कुरा होईन, हामी जता जाँदैछौ त्यो योजना आउनेछ, जनतासंग छलछाम गर्न सकिन्न ।

प्याकेज राज्यले धान्न सक्ने किसिमको ल्याउनेछौँ । उनले सम्भव भएसम्म रोजगारीको उपलब्ध गराउने सरकारको योजना रहेको बताए । प्रधानमन्त्रीले थपे– गरिव, जसको सहारा छैन्, जो अपाङग छ उनिहरुसंग श्रमको अपेक्षा गर्न सकिदैन । यसबारे सरकारले सोचेको छ । उनिहरुको जिम्मा सरकारले लिनेछ । यसबारे आवश्यक प्रवन्ध हुनेछ । उनले कतिपयले कारोनापछि प्याकेजको कुरा गरेको भन्दै प्याकेज देखाउने कुरा नभएको भन्दै त्यो व्यहारमा लागु हुनेगरी हुनुपर्ने बताए ।

सकारको नीति तथा कार्यक्रमबारे सांसदहरुले उठाएको प्रश्नको प्रतिनिधि सभामा जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
‘प्याकेज देखाउने होइन । हामी जहाँ छौ जस्तो अवस्थामा छौ । आर्थिक अवस्थाका सन्दर्भमा भन्ने एउटा गर्ने अर्को गर्न हुदैन । प्याकेज घोषणा गर्दा राज्यले धान्न र स्रोतले भ्याउनेसम्म रोजगारीका अवसर उपलव्ध गराउने र उसले आम्दानीबाट जीवन चलाउन र देशको अर्थतन्त्र कमजोर हुन नदिनेतर्फ जान खोजिरहेका छौं ।

ताजा अपडेट

खोजी गर्नुहोस