सांसद बस्नेतको पहल : रोकिएको डोलेश्वर मन्दिरको निर्माण कार्य शुरु

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ ७, बुधबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

जेठ ७, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा नेपालकै प्रशिद्ध धार्मिक स्थल केदारनाथको शिर डोलेश्वर मन्दिरको निर्माण कार्यको पुनः शुरु भएको छ ।

सांसद वस्नेत, स्थानीय जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समिति तथा स्थानीयवासीबची भएको छलफलले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को जोखिमका कारण निर्माण कार्य रोकिएको उक्त मन्दिरको निर्माण पुनः शुरु गर्ने निर्णय गरेको हो ।
क्षेत्र विकास कोष सांसद कोष र नगरपालिकाको साझेदारीमा विनियोजित रु २ करोडको लागतमा निर्माण गरिने उक्त मन्दिरले भक्तपुरको विकास र समृद्धिको यात्रामा कोसेढुङ्गाको रुपमा रहेको छ । नेपालका मात्र नभई विश्वमा धार्मिक पर्यटकीय गन्तव्यको रुपमा रहेको उक्त मन्दिरले भक्तपुरको आर्थिक समृद्धिको मुख्य आधार समेत रहेको छ । उक्त मन्दिर निर्माणमा विभिन्न दाता तथा पुराणलगाई उठेको भेटी तथा चन्दाको समेत मन्दिर निर्माणमा प्रयोग गरिएको छ । उक्त मन्दिरको निर्माण कार्यक्रमा उपभोक्ता समितबाट भने निरन्तर काम भइरहेको थियो ।

आतंकित नभई सतर्क हुनुपर्नेमा जोड दिँदै कोरोना संक्रमणले जहाँ जहाँ समस्या हुन्छ, त्यहाँ त्यहाँ सिल गर्ने, परिक्षणलाई व्यापक बनाई विकास निर्माणका कामहरु अघि बढाउनुपर्ने छलफलले निष्कर्ष निकालेको छ ।

छलफल कार्यक्रममा वोल्दै सांसद बस्नेतले लकडाउनकै कारण अर्थतन्त्रमा हुँदै गएको धरासायीलाई सुधार गर्न आयोजनाहरु अघि बढाउनुपर्ने आवश्यकता रहेको औल्याउँदै मानिसले बाँच्नु पनि पर्छ र खानु पनि पर्छ भन्ने नीति लिई उद्योग, कृषी र निर्माणका काम अघि बढाउनुपर्नेमा जोड दिए । निर्माण सामाग्री, साधन तथा मजदुरको व्यवस्थापन तीन वटै तहले व्यवस्थापनमा उच्च प्राथमिकता दिएको जानकारी गराउँदै सांसद बस्नेतले ठूला योजनाका व्यवसायीलाई कम्तीमा एक व्यवसाय एक जनालाई पासको व्यवस्थापन गरिने जानकारी गराए ।
समस्या भए जनप्रतिनिधिलाई जानकारी गराउन आग्रह गर्दै समस्या समाधान गर्ने प्रतिवद्धता जनाउँदै उहाँले तत्कालै भक्तपुरमा करिव ४० वटा भन्दा बढी आयोजनाहरु शुचारु भइरहेको उल्लेख गर्दै करिव २२ करोडका साना आयोजनाहरु टेण्डर खुलेको साथै साढे ४० करोडको लागतमा बालकुमारी – रानीकोटसम्म जाने सडक, सहरी विकासको १० करोड तथा निर्वाचन पूर्वाधार विकास कोषको ६ करोडको टेण्डर खोलेको जानकारी गराए ।

भक्तपुरमा कोरोनाको संक्रमणबाट सुरक्षा सतर्कता व्यापक मात्रामा अपनाईएको जसमा कोरियन अस्पताल मध्यपुर, भक्तपुर अस्पताल तथा दधिकोट अस्पतालले परिक्षण गर्न सुरु गरिसकेकाले त्रासपूर्ण नभई सतर्क र सावधानीका साथ आयोजनालाई सफल बनाउन सम्पूर्ण स्थानीयवासीलाई उनले आग्रह समेत गरे ।

५५ करोडको गुरु योजना रहेको उक्त मन्दिर २५ रोपनी जग्गामा निर्माण कार्य भइरहेको वडा नं। ८ का वडाध्यक्ष किरण थापाले जानकारी दिए । उक्त दुई करोडको लागतले मुल मन्दिर पुरा गर्ने, चौवन्दी सट्तलको झिँगटी राख्ने तथा अधुरो रहेको बताए । त्यस्तै उक्त मन्दिरमा धर्मशाला, अन्य सहायक मन्दिरहरुलगायतका निर्माण भइरहेका छन् भने कतिपय निर्माणको क्रममा रहेको वडाध्यक्ष थापाले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस