नयाँ नक्सा परराष्ट्र मन्त्रालयले पहिलो चरणमा संयुक्त राष्ट्रसंघमा बुझाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ८, बिहिबार (५ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

जेठ ८, काठमाडौं । सरकारले सार्वजनिक गरेको राजनीतिक र प्रशासनिक नयाँ नक्सा परराष्ट्र मन्त्रालयले पहिलो चरणमा संयुक्त राष्ट्रसंघमा बुझाउने तयारी भएको छ । राष्ट्रसंघमा सदस्यता लिँदा बुझाएको विवरणसँग नक्सा मेल खाने भएपछि त्यहाँ नक्सा बुझाउने तयारी गरिएको परराष्ट्र उच्चस्रोतले बताएको छ ।

यसअघि नेपालले औपचारिक रूपमा नक्सा बुझाएको थिएन । सदस्य बन्ने समयमा राष्ट्रसंघले नक्सा माग गरेको तर नक्सा अनुसारको नेपालको सिमानाको सम्पूर्ण विवरण बुझाएको हुनाले त्यसयता यसको आवश्यकता नपरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस