नेकपाको सचिवालय बैठक शनिबार बस्दै, एमसीसीबारे छलफल हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ १०, शनिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ १०, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक शनिबार बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ३ बजेपछि बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा बजेट, नेपालको नक्सा जारी गरेपछिको अवस्था र एमसीसीबारे छलफल हुने नेताहरुले बताएका छन् । सरकारले आगामी जेठ १५ गते बजेट ल्याउँदैछ ।

त्यसअघि संविधान संशोधनका लागि सरकारले प्रस्ताव पेश गरिसकेको छ । उता, नेकपाभित्र विवादको विषय बनेको अमेरिकी आर्थिक सहयोग रकम एमसीसीबारे पनि छलफल हुन सकेको छैन । तर सरकारले पार्टीमा छलफल र सहमति संशोधन नगरी एमसीसीका कार्यक्रम नीति तथा कार्यक्रममा घुसाएको भन्दै विरोध हुदै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस