कांग्रेस केन्द्रिय कार्यसमितीको बैठक : संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने प्रस्ताव पेश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ १७, शनिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ १७,काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने प्रस्ताव पेश भएको छ ।

पार्टी कार्यालय सानेपामा जारी बैठकमा पेश गरिएको प्रस्तावमा भनिएको छ, ‘कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदा गर्न संसदीय दललाई निर्देशन गर्दछ ।’

प्रस्तावमा छलफल भइरहेको छ । एक नेताले भने, ‘निर्णय हुने त त्यही हो, तर अहिले नेताहरुले आफ्नो धारणा राखिरहनुभएको छ ।’

सरकारले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न शुक्रबार संविधान संशोधन विधेयक दर्ता गरेको थियो । कांग्रेसले आज संशोधनको पक्षमा उभिने निर्णय गरे भोलि संसदमा यो विधेयक पेश हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस