सरकार ! प्याब्सन र एनप्याब्सन तुरुन्तै खारेज गर : नेता पराजुली

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ अषाढ ७, आईतबार (४ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

असार ७,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता सुदेश पराजुलीले प्याब्सन र एनप्याब्सन खारेज गर्न आग्रह गरेको छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै सो कुरा बताएका हुन ।
उनको स्टाटस जस्ताको त्यस्तै :

प्याब्सन र एन- प्याब्सन तुरुन्तै खारेज गर ।

निजि शैक्षिक सस्था सञ्चालकहरूले लकडाउनका समयमा पनि शुल्क तिर्न अभिभावकलाई आदेश जारी गरेको छ, यस्तो महामारीको समयमा पनि व्यापार गरेर अपार हुनेलाई तुरुन्तै कारबाही गर्न नेपाल सरकारले ठिलो गर्नु हुदैन । शिक्षा क्षेत्रका दलालहरुलाई तुरुन्तै राज्यले नियन्त्रण गरोस् ।
सम्पूर्ण अभिभावकहरु शिक्षाका लुटेरहरुको उर्दीलाई खारेज गरौ ।।

“दलालहरु तिमिलाई हेक्का छ हाम्रो संविधानले के भन्छ” ।

शिक्षा सम्बन्धी हकः
(१) प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ ।
(२) प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ ।
(३) अपांगता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानून बमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक हुनेछ ।
(४) दृष्टिविहीन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाइ सम्बन्धी अपांगता भएका नागरिकलाई सांकेतिक भाषाको माध्यमबाट कानून बमोजिम निःशुल्क शिक्षा पाउने हक हुनेछ ।
(५) नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानून बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने हक हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस