सांसद सरिता गिरीलाई पार्टीले सोध्यो स्पष्टीकरण

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ अषाढ ९, मंगलबार (४ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

असार ९, काठमाडौँ । सरकारले ल्याएको संविधान संशोधनको विरोधमा उभिएकी समाजवादी पार्टीका सांसद सरिता गिरीलाई पार्टीले स्पष्टीकरण सोधेको छ । नयाँ नक्साका आधारमा निशान छाप परिमार्जन गर्नका लागि सरकारले संविधान संशोधनका लागि सरकारले दर्ता गराएको विधेयकको विरोधमा उभिएकी सांसद गिरीलाई सात दिनभित्र आफ्नो स्पष्टीकरण दिन पार्टीले निर्देशन दिएको पार्टीका महासचिव रामसहाय यादवले बताए ।

सांसद गिरीको विषयमा छलफल गर्न सोमबार पदाधिकारीको बैठक बसेको थियो । बैठकले सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको उनले बताए । उनको स्पष्टीकरण आएपछि कारबाही गर्ने नगर्ने विषयमा पार्टीले थप निर्णय लिने उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस