असार ९,काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले चीनले गरेका गतिविधिबारे सरकारको जवाफ मागेका छन्। उपसभापति निधिले ट्वीटरमा लेख्दै हिमालय र सगरमाथामा चिनियाँ गतिविधि आपत्तिजनक भएको बताएका हुन्।
त्यस्तै उनले हुम्ला, रसुवा, संखुवासभा, सिन्धुपाल्चोकमा ३३ हेक्टर जग्गा कब्जा गरेको बारे पनि सरकारको जवाफ मागेका छन्। उनले गोरखाको तिब्बती सिमामा रहेको रुई गाउँ कब्जा गरेको, कोरोनाबारे सहयोग र चिनिया भाषा पढाउने नाउमा चिनियाँ सेना आउने र सरकारलाई चिनिया पार्टीले तालिम दिएको समाचार आएको भन्दै जवाफ मागेका छन्।
हिमालय र सगरमाथाबारे
आपत्तिजनक चिनियाँ गतिविधि;
हुम्ला,रसुवा,संखुवासभा,
सिन्धुपाल्चोक गरि ३३हे.
जग्गा चीनद्वारा कब्जा;
गोरखाको रुई गाउँ कब्जा;कोरोनाबारे सहयोग र चिनियाभाषा पढाउने नाउमा चिनियाँ सेना आउने;
र सरकारलाई चिनिया पार्टी ले तालिम दिएको समाचार आयो।
सरकारको जबाफ चाहियो।— Bimalendra Nidhi (@BimalendraNidhi) June 23, 2020
‘हिमालय र सगरमाथाबारे आपत्तिजनक चिनियाँ गतिविधि, हुम्ला ,रसुवा, संखुवासभा, सिन्धुपाल्चोक गरि ३३ हे।जग्गा चीनद्वारा कब्जा,’ उनले लेखेका छन्, ‘गोरखाको रुई गाउँ कब्जा, कोरोनाबारे सहयोग र चिनियाँ भाषा पढाउने नाउँमा चिनियाँ सेना आउने र सरकारलाई चिनियाँ पार्टीले तालिम दिएको समाचार आयो। सरकारको जवाफ चाहियो।’