नेपाल भारत सीमामा ५ मिटर अग्लो पर्खाल लगाउनुपर्छ : वामदेव गौतम

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ १४, आईतबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असार १४, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमले नेपाल – भारत प्रवेशमा कडाइ गर्न भिसाको व्यवस्था गर्न माग गररेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको स्थायी बैठकमा गौतमले नेपाल भारतका खुला सीमामा पर्खाल लगाउनुपर्ने बताएका छन् ।

उपाध्यक्ष गौतमले दशगजाको दुवैतर्फ ५ मिटर अग्लो पर्खाल लगाउन सरकारसँग माग गरेका छन् । उनले दुवै छिमेकी राष्ट्रसँग रहेका समस्या शान्ति वार्तावाट नै समाधान गर्नुपर्ने बताए ।

उनले बैठकमा भनेका थिए, ‘अब ढिला नगरी नेपाल भारतबीच रहेको खुल्ला सीमाना बन्द गरी प्रवेशाज्ञा प्रणाली लागु गर्नुपर्छ । प्रवेशाज्ञा भने निःशुल्क उपलब्ध हनुपर्छ । सिमानामा दुवै राष्ट्रको हितका निम्ति दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनु पर्छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस