असार १६, काठमाडौ । असार १५ बाट दैनिक १० हजार नमुनाको पीसीआर टेस्ट गर्ने स्वास्थ्य मन्त्री भानुभक्त ढकालको दाबी फेल खाएको छ ।
पीसीआर टेस्टको गति बढाउन माग गर्दै युवाहरू सडकमा निस्किएपछि मन्त्री ढकालले २६ जेठको संसद बैठकमा असार १५ बाट दैनिक १० हजार पीसीआर टेस्ट गर्ने दाबी गरेका थिए । तर मन्त्री ढकाल आफ्नो दाबीमा चुकेका छन् ।