पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना सङ्क्रमण

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ आश्विन २५, आईतबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असोज २५, काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा आफू कोरोना पोजेटिभ भएको जानकारी दिए ।

“गत सोमबार कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । त्यसक्रममा काठमाडौं बाहिरका केही कार्यक्रममा सहभागी पनि भएँ” मन्त्री भट्टराईले अगाडि लेखेका छन् , ”हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो । आज शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भरखरै जानकारी पाएको छु ।“ हालसम्म हल्का ज्वरोबाहेक अरु समस्या आफूलाई नदेखिएको उनले प्रष्ट पारे ।

ताजा अपडेट

खोजी गर्नुहोस