कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध नेकपाकै सांसदद्वारा अविश्वासको पत्र दर्ता !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन २५, आईतबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असोज २५,कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय भएको जनाएको छ । शाहीले पार्टीका काम कारबाही प्रभावकारी रुपमा गर्न नसकेको र जनताकाबीचमा सरकार लोकप्रिय बन्न नसकेको आरोप लागेको छ । मुख्यमन्त्रीको कार्यशैलीविरुद्ध नेकपा सांसदहरु असन्तुष्ट रहँदै आएका छन् ।

शाहीविरुद्ध नेकपा प्रदेशसभा संसदीय दलको विधान २०७५ को नियम २४ ९१० बमोजिम अविश्वासको प्रस्ताव दर्ता गरिएको हो । मुख्यमन्त्रीविरुद्ध सांसदहरु यामलाल कँडेल, चन्द्र बहादुर शाही, करविर शाही, कर्मराज शाही, अम्मर बहादुर थापा, सुशील कुमरा थापा, मिना सिंह राणासहित १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस