असोज २७, काठमाडौ । पूर्वसभामुख एवं नेकपाका नेता सुवास नेम्वाङका निर्देशनका कारण कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री नन्दसिंह बुढाको राजीनामा जोगिएको छ ।
उनीहरु दुवैलाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन भूमिका खेलेपछि निलम्बन गरेका दलका सचेतक गुलाफजंग शाहले उनीहरु दुवैलाई आज मगंलबार दिउँसो निर्धारित संसदीय दलको बैठकमा आउन निर्देशन दिएका थिए ।
मन्त्री रावल र बुढा राजीनामा दिएर दलको बैठकमा सामेल हुने तयारी गरेका बेला काठमाडौँबाट नेम्वाङले फोनमार्फत मिल्नुको विकल्प नभएको भन्दै राजीनामा नदिन निर्देशन दिएपछि उनीहरु पछि हटेका हुन् ।