‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने प्रधानमन्त्री ओलीको भनाई फिक्का !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ कार्तिक १, शनिबार (४ साल अघि)
  • ७५ पटक पढिएको
Post Thumbnail

कार्तिक १, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिगो कृषि विकास तथा पोषिलो आहारको सुनिश्चतताका लागि तीनै तहका सरकारहरुको तालवद्ध र समन्वयात्मक प्रयास आवश्यक हुने बताए । प्रधानमन्त्री ओलीले संविधानले कृषि तथा खाद्य सुरक्षासम्वन्धी विषय संघ, प्रदेश सरकार र स्थानीय तहको अधिकार सूचीमा राखेको चर्चा गर्दै यस सन्दर्भमा नेपाल सरकारले लिएका नीतिहरुको सफल कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहहरुलाई हातेमालो गरी अघि बढ्न आह्वान गरे ।

उनले ४० औं विश्व खाद्य दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश दिनुहुँदै सो धारणा व्यक्त गरे । उनले नागरिकको आधारभूत खाद्य सुरक्षाको प्रत्याभूत गर्नु लोक कल्याणकारी राज्यको दायित्व भएको चर्चा गरे । काठमाण्डौको टुँडिखेलमा भात खानेहरुको अबस्था कस्तो छ ? सरकारलाई कुनै चासो नै छैन । सरकारले सहयोग नगरेर बिभिन्न संँस्थाले दिएको सहयोगले खाना खुवाई रहेका छन् । तर प्रधानमन्त्रीको यस्तो भनाई कुरामा मात्र सिमित देखिएको छ ।

उनले खाद्यसम्बन्धी हकलाई संविधानले मौलिक हकको रुपमा ब्यवस्था गरेकालले गरिवीको कारण ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने ब्यावहारिक अभ्यास अघि बढाइएको बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस