महामारीमा भारत सरकारको सहयोग : २८ वटा आइसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ कार्तिक २४, सोमबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कार्तिक २४, काठमाण्डौ । नेपाल सरकारलाई थप सहयोग गर्न भारत सरकारले हात बढाएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारत सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई आइतवार २८ वटा आइसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेका छन् ।

यसअघि भारतले नेपाललाई वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्वीन लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री, जेठ ४ गते कोभिड–१९ परीक्षण कीट आरटी–पिसिआर, श्रावण २५ गते आइसीयु भेन्टिलेटर र भाद्र ३० गते रेमडेसिभिर औषधी प्रदान गरेको थियो । हस्तान्तरण समारोहमा राजदूत क्वात्राले कोभिड–१९ महामारी विरुद्धको लडाईमा सफलता हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग भारतको अटूट साथ रहेको कुरा दोहोर्‍याएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस