भारतले नेपाल आवास पुनर्निर्माण परियोजनाका लागि एक अर्बको चेक हस्तान्तरण गर्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ कार्तिक २८, शुक्रबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

कार्तिक २८, काठमाण्डौ । नेपालका विभिन्‍न विकास परियोजना तथा विपद्‌ व्यवस्थापनका क्षेत्रमा सहयोग गर्दै आइरहेको भारतले नेपालमा ०७२ मा गएको भूकम्पपछिको पुनर्निर्माणमा ठूलो सहयोग गरेको छ । यही सिलसिलामा पछिल्लो समय नेपालको आवास पुनर्निर्माण परियोजनाका लागि भारतले यसअघी प्रतिबद्धता जनाएको एक अर्ब सहयोग गरेका छन् ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्‍वात्राले नेपाल आवास पुनर्निर्माण परियोजनाका लागि नेपाल सरकारलाई १ अर्ब रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । दुई छिमेकी राष्ट्रबीचको मैत्री सम्बन्धमा थप बलियो हुने विश्वास व्यक्त गर्दै राजदूत क्‍वात्राले उक्त चेक सत्तारुढ दल नेकपाका महासचिवसमेत रहेका अर्थमन्त्री विष्णु पौडेललाई हस्तान्तरण गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस