नेकपा सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १३, शनिबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

मंसिर १३, काठमाण्डौ । नेकपा सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । यो बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले जवाफी प्रतिवेदन पेस गर्नेछन् । प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले बैठक शुरु भएको जानकारी दिएका हुन् । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ प्रस्तुत गर्ने निर्धारित कार्यसूचि रहेको उनले उल्लेख गरेका छन् । २८ कात्तिकको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति प्रश्न उठाउँदै एकल प्रतिवेदन पेस गरेका थिए ।

त्यसको जवाफ लिखित रुपमै दिन आफूले पनि प्रतिवेदन तयार पार्ने भन्दै ओलीले ३ मंसीरको बैठकमा समय मागेपछि बैठक १० दिनका लागि स्थगित भएको थियो । नेकपाको स्थायी कमिटी बैठक १८ मंसिर र केन्द्रीय कमिटी बैठक २५ मंसिरमा बोलाइएको छ । स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान मात्र सामाजिक सञ्जाल फेसबुकमा दुवै अध्यक्षलाई प्रस्ताव स्थगित गर्न आग्रह गरेका थिए । उनले दुवै प्रतिवेदन स्थगित गरी संयुक्त प्रतिवेदन बनाउने दिशामा सचिवालय बैठक अग्रसर हुनुपर्ने बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस