उपराष्ट्रपति पुनका सवारी चालक सालक तस्करीमा, धादिङ्गबाट गर्भिणी सालक ल्याईएको दावी !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ मंसिर १४, आईतबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail
मंसिर १४, काठमाण्डौ । सालक बिक्री गर्न हिडेका दुई मध्ये पक्राउ परेका एकजना उपराष्ट्रपति नन्दबहादुर पुनका सवारी चालक रहेको पाइएको छ । सुराकीका आधारमा महानगरीयप्रहरी परिसर भक्तपुरको विशेष टोलीले गत बुधबार पोथी सालकसहित मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीबाट पक्राउ गरेका दुई जनामध्ये एकजना उपराष्ट्रपतिको चालक रहेको अनुसन्धानबाट खुलेको प्रहरी तथा वन कार्यालय श्रोतले जानकारी दिएको छ ।

पक्राउ परेका मध्ये शसस्त्र प्रहरीमा कार्यरत भिमबहादुर मगर उपराष्ट्रपति पुनको वाहालवाला सवारी चालक भएको डिभिजन वन कार्यालयका एक कर्मचारीले जानकारी दिए । यसअघि उनी नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सवारी चालकका रुपमा कार्यरत रहेको बताइएको छ । सालकसहित प्रहरीले धादिङ घरभई काठमाण्डौ महानगरपालिका–२६ कपुरधारा बस्ने २७ वर्षीय ध्रुबबहादुर मगर र सोही ठाउँमा घरभई काठमाण्डौ महानगरपालिका–२६ लैनचौर बस्ने ३१ वर्षीय भिमबहादुरलाई पक्राउ गरेको थियो । धादिङ्गबाट सालक बिक्रीका लागि लिएर आएको र सालक अरु कसैले अर्को पक्षलाई दिन पठाएको पक्राउ परेकाले बयान दिएको प्रहरीको भनाई छ ।

अनुसन्धानको क्रममा गर्भवती सालकले प्रहरी परिसर मै बच्चा जन्माएको जानकारी दिदै प्रहरीले पक्राउ परेकाको थप अनुसन्धान र कारबाही डिभिजन वन कार्यालय भक्तपुरले गर्ने भएकाले वन कार्यालयलाई बुझाएको बताएको छ । वन कार्यालयका कर्मचारी र प्रहरी श्रोतका अनुसार पक्राउ परेका दुबै पूर्वमाओवादी निकट समेत हुन् ।
पदीय आड र पहुँचको भरमा मगरलाई कडा कारबाही प्रक्रिया अगाडि नबढाई वन कार्यालयले फितलो रुपमा मुद्धा चलाउने सम्भावना रहेको गुनासो आएको छ ।

उनीहरूबाट विभिन्न बैंकको चेक बुक, भौचर तथा एटिएम कार्ड, १ थान नागरिकता प्रमाणपत्र, पेन ड्राइभ, ३ थान राजश्व तिरेको बिल, ४ थान मोबाइल, भीमबहादुर थापाको सवारी चालक अनुमतिपत्र तथा सशस्त्र प्रहरी बलको परिचयपत्र समेत प्रहरीले बरामद गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस