सिंहदरबार परिसर एकीकृत सुरक्षा कार्ययोजनामा के-के समाबेश छन् ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १४, आईतबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

मंसिर १४, काठमाण्डौ । सरकारले मुुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको सुरक्षामा नयाँ नीति अपनाउने भएको छ । सिंहदरबारभित्र मानिसको प्रवेश र सुरक्षा व्यवस्थालाई थप व्यवस्थित गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकलीन योजनासहित ‘सिंहदरबार परिसर एकीकृत सुरक्षा कार्ययोजना, २०७७’ तयार पारिसकेको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए । सिंहदरबारमा दैनिक १० हजारदेखि १५ हजार मानिस आवतजावत गर्छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाहेक सबै सङ्घीय सरकारका मन्त्रालय सिंहदरबार परिसरभित्रै छन् ।

‘‘सुरक्षाका लागि कार्ययोजना तयार भइसकेको छ’’, प्रवक्ता बुढाले थपे ‘‘यो कार्ययोजनालाई अगाडि बढाउन सम्बन्धित मन्त्रालय र निकायको सहयोग तथा समन्वय चाहिन्छ, त्यसका लागि विभिन्न मन्त्रालय र निकायसँग राय सुझाव लिने काम भइरहेको छ । ’’ यस कार्ययोजनालाई अगाडि बढाउन धेरै निकायले जिम्मेवारी बहन गर्नुपर्ने देखिएको चर्चा गर्दै उनले भने ‘‘विभिन्न मन्त्रालय र निकायबीच समन्वय गरी अन्तिम रूप दिन बाँकी नै छ । ’’ सिंहदरबार परिसरमा निर्माण भइरहेको सङ्घीय संसद् सञ्चालनमा आइसकेपछि सिंहदरबारमा सर्वसाधारणको आवागमन झन् बाक्लो हुने भएकाले भविष्यमा हुन सक्ने सुरक्षा चुनौतीलाई विश्लेषण गर्दै सो सुरक्षा कार्ययोजना ल्याइएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस