प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता : सुरक्षा,सहयोग तथा सहकार्यमा छलफल केन्द्रित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १४, आईतबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर १४, काठमाण्डौ । प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली र चिनियाँ रक्षामन्त्री वेई फेङ हेबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो। भेटमा आपसी सहयोग र सहकार्यका विषयमा छलफल भएको छ । आजै वेईले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् । यसअघि चिनीयाँ रक्षामन्त्री वेईले जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग वार्ता गरेका थिए । भेटमा दुई जना बीच दुई पक्षीय सुरक्षा, सहयोग र सहकार्यका विषयमा छलफल भएको छ । भेटअघि जंगी अड्डामा नेपाली सेनाले वेईलाई सम्मान गारद अर्पण गरेको थियो । चिनियाँ रक्षामन्त्री वेईले यसअघि उच्च तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपाल आएको जानकारी दिए । पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ तुल्याउनु भ्रमणको उद्देश्य रहेको उनले स्पष्ट पारेका छन । उनी आजै काठमाडौंबाट बंगलादेश जानेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस