मंसिर १५, काठमाडौं । सरकारले जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेस आन्दोलनका घाइतेहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । १० मंसिरमा बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनका क्रममा घाइते भई उपचार गर्नुपर्ने अवस्थामा रहेकाहरुलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको हो ।