सत्ताधारी नेकपाका नेता जनार्दन शर्मा भन्छन्-‘केपी ओलीले आजै राजीनामा दिनुपर्छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १६, मंगलबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर १६, काठमाडौं । नेकपाका नेता तथा स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने भए अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने सचिवालय बैठकमा दुवै पदबाट राजीनामा दिन सुझाव दिएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो जवाफी दस्तावेजमा भनेजस्तै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण नै गर्न चाहेको हो भने ओलीेले आफुले राजीनामा दिएर अर्को व्यक्ति जो हो त्यसलाई अगाडि ल्याउनुपर्ने बताएका हुन् ।

उनले प्रधानमन्त्री ओलीले अघि सारेको नेतृत्व हस्तान्तरणको प्रस्तावलाई स्वागत गर्दै त्यसो गरे आफुहरुको पूर्ण समर्थन रहने पनि बताए ।नेता शर्माले जिम्मेवारीको हैसियतले पार्टी र सरकार सञ्चालनमा भएका कमी कमजोरीको दायित्व पनि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले नै बढी लिनुपर्ने बताएका छन् । एक टेलिभिजन कार्यक्रमलाई दिएको अन्तरवार्तामा शर्माले सो कुरा बताएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस