नेकपा सचिवालय बैठक सम्पन्न, बुधबार फेरी बस्ने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १६, मंगलबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर १६, काठमाडौँ । सत्तारुढ नेकपाको सचिवालय बैठक सक्किएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक बुधबार बस्ने गरी सकिएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार दुवै अध्यक्षका प्रस्तावमाथि छलफल सुरुवात भएकाले बुधबार फेरि बालुवाटारमै बैठक बस्ने तय भएको हो ।

उक्त बैठक बस्नु पहिले अनौपचारिक रूपमा पनि नेताहरूबीच संवाद अगाडि बढाउने निर्णय भएको श्रेष्ठले बताए । पुष्पकमल दाहाल प्रचण्डले गत कात्तिक २८ र प्रधानमन्त्री केपि शर्मा ओलीले मंसिर १३ मा छुट्टाछुट्टै प्रतिवेदन सचिवालयमा प्रस्तुत गरेका थिए ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस