तनहुँका प्रजिअ आचार्य भन्छन्-‘बरिष्ठ नेता पौडेलले निषेधाज्ञा तोडेपछि नियन्त्रणमा लिईएको हो’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १७, बुधबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर १७, तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ । निषेधाज्ञा तोडेपछि पौडेललाई नियन्त्रणमा लिइएको तनहुँ प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले निषेधाज्ञा तोडेकोले पौडेललाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

आज पौडेलले तनहुँ व्यासस्थित तालघरे दुम्सी जोड्ने बुल्दी पुल उद्घाटन गर्ने कार्यक्रम थियो । पुल उद्घाटन नेता पौडेलले गर्न नहुने भन्दै नेकपा र युवा संघले बुधबार बिहान ११ बजेदेखि करिब आधा घण्टा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन र कोणसभा गरेको थियो । नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप हुन सक्ने भन्दै प्रशासनले आज साँझ ६ बजेसम्म निषेधाज्ञा लगाएको थियो । तर निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न पौडेल अघि बढेपछि नियन्त्रणमा लिनु परेको प्रहरीले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस