सत्ताधारी शिर्ष ब्यक्तिहरु राष्ट्रपति भण्डारीसँग छुट्टाछुट्टै भेटमा ब्यस्त !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १९, शुक्रबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

मंसिर १९, काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै भेटघाट गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा भएको भेटलाई नियमित भेट भनिएको छ । प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईका अनुसार प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न दिउँसो शीतल निवास गएका थिए । “राष्ट्रपतिसँग प्रधानमन्त्रीको नियमित भेटघाट हो, अरु विषयमा छलफल भएको होइन” प्रेस विज्ञ बजगाईले भने । राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच एक घण्टा बढी समय छलफल भएको थियो ।

त्यस्तै, नेकपाका अर्का अध्यक्ष प्रचण्ड साँझ साढे ६ बजेतिर राष्ट्रपति भण्डारीलाई भेटन शीतल निवास पुग्नुभएको थियो । उहाँहरुबीच पनि करिब एक घण्टा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी गराएको छ । छलफल के विषयमा भएकोबारे जानकारी नगराइएको सचिवालयका सदस्यहरुले जानकारी दिए ।

पछिल्लो समय नेकपा भित्र विवाद उत्कर्षमा पुगेपछि अध्यक्षद्वय सघन संवादमा छन् । नेकपा भित्रको विवादलाई लिएर राष्ट्रपति भण्डारीसमेत चिन्तित रहेकाले अध्यक्षद्वयसँग परामर्शका लागि राष्ट्रपतिले बोलाउनु भएको हुनसक्ने नेकपाका नेताहरुको बुझाई छ । नेकपाको सचिवालय बैठक २० गते बोलाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस