अब ओलीसँग सम्झौता हुँदैन ! नेकपा स्थायी सदस्य देवेन्द्र पौडेल भन्छन्-‘दुबै पद ओगट्न पाईदैन’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १९, शुक्रबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर १९, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्याको निकास दिन अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्ने बताएका छन् । पौडेलले एक पद छाड्नेबाहेकमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन् । पार्टीभित्रको समस्यालाई निकास दिनका लागि ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद मात्र लिनुपर्ने उनको भनाई थियो । दुवै अध्यक्षको प्रतिवेदनलाई छलफलको विषय बनाउँदा नै विवाद समाधानको उपाय भेटिने उनको भनाई छ ।

प्रतिवेदन खारेज वा फिर्ताको माग उचित नभएको उनले बताए । छलफलपछि बरु संयुक्त प्रतिवेदन बनाउन सकिने उनको तर्क छ ।
“ओली प्रधानमन्त्री रहने भए अध्यक्ष छोड्नुपर्छ । एक पद मात्रै लिनुपर्छ । अब ओलीसँग सम्झौता हुँदैन,” पौडेलले भने । पार्टीको विधान र पद्धतिअनुसार ओली अघि बढेको खण्डमा विवाद समाधान हुने पौडेलको भनाइ छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस