नेकपा नेता भीम रावलले ओलीको बचावट गर्दै भने–पत्र पठाउनु सहभागी जस्तै हो’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर २१, आईतबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

मंसिर २१, काठमाण्डौ । स्थायी कमिटी बैठकमा सहभागी नेकपा नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गरेका छन् । उनले भने बैठकमा सबै सदस्यहरुलाई सम्बोधन गरेर पत्र पठाउनुलाई उनी उपस्थित भएको सरह नै हो ।

बैठकपछि कुरा गर्दै नेता रावलले भने( आज प्रधानमन्त्री ओलीले हामी सबैलाई सम्बोधन गरेर पत्र पठाउनु भनेको उहाँ भौतिक रुपमा उपस्थित भएको भनी हामीले बुझेका छौँ । उहाँ पत्रका माध्यमबाट बैठकमा आउनुभएको हो।’ नेता रावलले स्थायी कमिटी बैठकले लचकता अपनाउँदै मंसिर २८ का लागि अर्को स्थायी कमिटी र पुस ५ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको जानकारी गराए ।

ताजा अपडेट

खोजी गर्नुहोस