जनार्दन शर्माद्धारा स्थायी समिति बैठकमा छलफलका लागि विशेष प्रस्ताव पेस (प्रस्तावसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर २१, आईतबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर २१, काठमाण्डौ । आइतबारदेखि सुरु भएको नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठकमा पार्टीका प्रभावशाली नेता जनार्दन शर्माले छलफलका लागि ‘विशेष प्रस्ताव’ पेश गरेका छन् । शर्माले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई सम्बोधन गरेर पेश गरेको विशेष प्रस्तावमा सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नाम बदलेर नेपाल मात्र राख्ने निर्णयबाट गणतन्त्र विरोधीहरु उत्साहित भएको उल्लेख गरिएको छ । नेकपाको सरकार र गृह प्रशासनले यस्ता कृयाकलापको रक्षा गरिरहेको छ भन्ने जन आवाज सुन्निन थालेको भन्दै संघीयताको पक्ष्यधर सबै पार्टीहरुको बीचमा छलफल आयोजना गरी जनभावना अनुसार अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।

स्ताव हेर्नुहोस्
क.अध्यक्षद्वय,
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ।

                विषय ः बिशेष प्रस्तावमा तत्काल छलफल गर्ने बारे । 

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) संघिय लोकतान्त्रिक गणतन्त्रको संवाहक र संरक्षक समेत हो भन्ने कुरामा कुनै दुबिधा छैन । यस विचमा सरकारले संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको नाम बदलेर नेपाल मात्र राख्ने निर्णय बाट उत्साहित गणतन्त्र विरोधिहरु आज खुलेआम संघिय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध उत्रिएका छन । नेकपाको सरकार र गृह प्रशासन यस्ता कृयाकलापको रक्षा गरिरहेको छ भन्ने जन आवाज सुन्निन थालेको छ । बरु गणतन्त्र लोकतन्त्रका पक्षमा लडेका नेताहरुमा दमन गर्ने र गणतन्त्र विरोधी प्रति नरम व्यवहार गरेको भन्ने जनताको आरोप छ । यसबाट नेपाली जनतामा ठुलो असन्तुटि पैदा हँुदै जाने सन्र्दभमा नेकपाको स्थायी कमिटि बैठक संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता सहित दृढ संकल्प गरौ । जनताको आवाज नसुन्दा त्यसले गम्भीर परिणाम निम्त्याउने बारे हाम्रो नेतृत्व स्पष्ट नै छ । तसर्थ संघियताको पक्ष्यधर सबै पार्टीहरुको विचमा छलफल आयोजना गरी जनभावना अनुसार सरकारका कमि कमजोरीहरु सच्चाउँदै जनतामा देखिएको असन्तुटि लाई संबोधन गर्न अव ढिला गर्नु हुदैन ।
मुख्य गरी कोभिड महामारी बारे तत्काल भ्याक्सिन ल्याइ कोरोणा भाइरस बाट जनताको जीवन रक्षा गर्नका साथै पूर्णरुपले आर्थिक गतिबिधिहरु सुचारु हुने अवस्था श्रृजना गर्नु पर्दछ  । अन्य समस्याहरु समेत प्राथमिकता तोकि समाधान गनु पर्दछ । म सिंगो स्थायी समितिको बैठकको ध्यानाकर्षण गर्दै यसबारे छलफल एंव तत्काल निर्णयमा पुग्नका लागि यो विषेश प्रस्ताव प्रस्तुत गर्दछु ।

 जनार्दन शर्मा(क.प्रभाकर)
मितिः२०७७÷०८÷२१                             स्थायी कमिटी सदस्य
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) 

ताजा अपडेट

खोजी गर्नुहोस