मंसिर २१, काठमाण्डौ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले ल्याएको प्रस्ताव आफूले स्थायी समितिमा लगेर छलफल गर्न नचाहेको भन्दै स्थायी समितिलाई सम्बोधन गरेर पत्र पठाएका छन् । बैठकमा अनुपस्थित रहेका अध्यक्ष ओलीले बैठकलाई सम्बोधन गरेर पत्र पठाउँदै स्थायी समिति सदस्यहरुबीच आफ्नो धारणा व्यक्त गरेका हुन् ।
सो पत्रलाई बैठकको सुरुमै सचिवालय सदस्य ईश्वर पोखरेलले बाचन गरेर सुनाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रचण्डले बैठक अघि बढाउँदै अहिलेको विशिष्ट तथा गम्भीर अवस्था र अहिलेको संकटलाई सकारात्मक रुपमा सुल्झाउनका लागि गम्भीर र व्यापक बनाउन सदस्यहरुसँग आग्रह गरेका थिए । स्थायी कमिटी सदस्यले दुई अध्यक्षका प्रतिवेदन अध्ययन गर्न सात दिनको समय दिएको छ । स्थायी समिति सदस्य देवेन्द्र पौडेलका अनुसार मंसिर २५ गतेका लागि तय गरिएको बैठक सारेर पुस ५ गते बस्ने निर्णय गरिएको हो ।