बाँस्कोटा टेप काण्ड नयाँ मोडमा : प्रमाण ल्याउँछु भन्ने विजयप्रकाश मिश्र फेरि जापान हान्निए !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर २२, सोमबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर २२, काठमाण्डौ । विजयप्रकाश मिश्र नेपाल आएर फेरि जापान फर्किएका छन् । तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको टेप प्रकरणमा जोडिएका उनलाई बारम्बार नेपाल आउन आग्रह समेत भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बाँस्कोटाले घुस मागेको भनिएको टेपबारे उजुरी परेपछि उनलाई प्रमाणका लागि उपस्थित हुन भनिएकोमा उनी नेपाल आएपनि फर्किएका हुन् ।

मिश्रले बाँस्कोटालाई सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घुस दिनका लागि भनी गरेको बार्गेनिङको टेप सार्वजनिक गरेका थिए । ७० करोड रुपैयाँको कमिसनको बार्गेनिङ भएको उक्त टेप मिडियामा आएपछि बाँस्कोटाले राजीनामा दिएका थिए । उनी जापानबाट नेपाल फर्किएको भनेपनि पुनः उतै गएका छन् । घटनामाथि अख्तियारले छानविन अगाडि बढाएपनि प्रमाणका लागि बारम्बार डाक्दा पनि मिश्र नगएको जनाउँदै आएको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस