मंसिर २३, काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्बदलीय बैठक सकिएको छ । करिब ३ घण्टासम्म चलेको बैठक केहीबेर अघि सकिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको सर्वदलीय बैठक बसेको हो । बैठकमा विशेष गरि अहिले देशका विभिन्न ठाउमा राजतन्त्रको बारेमा चर्किएको प्रदर्शनका बारेमा छलफल भएको थियो ।