विवेकशील र साझा पार्टी पुनः एकीकरण,प्रमुख बुँदाहरू के-के छन् ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर २४, बुधबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

मंसिर २४, काठमाण्डौ । विवेकशील नेपाली दल र साझा पार्टीबीच पुनः एकीकरण भएको छ । एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राखिएको छ । “आज २०७७ मङ्सिर २४ गते बुधबार, भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका दिन विवेकशील नेपाली दल र साझा पार्टी पुनः एकीकृत भएको घोषणा गर्न पाउँदा हामी अत्यन्तै हर्षित भएका छौँ,” विवेकशील नेपाली दल र साझा पार्टीबीचको एकीकरण घोषणापत्रमा भनिएको छ । विवेकशील नेपाली दल र साझा पार्टी २०७४ साउन ११ गते विवेकशील साझा पार्टीको रूपमा यसअघि एकीकृत भएका थिए । तर एकीकरण लामो समय रहेन। परिणामस्वरूप २०७५ पौष २७ गते पार्टी विभाजित भइको थियो। आज जारी घोषणापत्रमा उक्त घटनालाई ‘निकै दुःखद्’ उल्लेख गरिएको छ ।

१) एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुनेछ।

२) एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ हुनेछ।

३) एकीकृत पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल, ललितपुरमा रहनेछ।

४) एकीकृत पार्टीमा अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे रहने छन्।

५) कीकृत पार्टीको केन्द्रीय समितिमा दुवै पक्षबाट ६५-६५ जना सदस्यहरू रहने गरी कूल १३० जना केन्द्रीय सदस्य हुनेछन्। एकीकृत पार्टीको केन्द्रीय समितिको पहिलो बैठकले दुवै पक्षबाट बराबरीको सङ्ख्या (१३-१३ जना) मा सदस्यहरू रहने केन्द्रीय सचिवालय गठन गर्नेछ।

६) एकता महाधिवेशनसम्म पार्टीको दैनिक कार्य सञ्चालनका लागि एकीकृत पार्टीको केन्द्रीय समितिले अन्तरिम पार्टी सञ्चालन कार्यविधि बनाई सोही अनुरूप पार्टीका काम कार्यवाहीहरू अगाडि बढाइनेछ।

७) सोही कार्यविधिअनुसार दुई महिनाभित्र दुवै पार्टी मातहतका हाल रहेका सम्पूर्ण संरचनाहरू गठन, पुनर्गठन र समायोजन सम्पन्न गरिनेछ।

८) पार्टी एकीकरणको सम्झौता भएको मितिले ६ महिनाभित्र पार्टीको एकता महाधिवेशन सम्पन्न गरिनेछ।

९) एकीकृत पार्टीका अन्य सबै काम कारबाही दुवै दलका संवाद समितिले तयार पारेको संयुक्त प्रतिवेदनले दिशानिर्देश गरेअनुरूप हुनेछ।

१०) एकीकृत पार्टीको पहिलो महाधिवेशनअगाडि कुनै वाधा अड्चन आएमा त्यसको अन्तिम व्याख्या र निरूपण एकीकृत पार्टीको केन्द्रीय समितिले गर्नेछ।

ताजा अपडेट

खोजी गर्नुहोस