नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै,आन्दोलनका रणनीति तय गरिने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ ५, सोमबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ ५, काठमाडौ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । पुस २७ गतेका लागि बोलाइएको बैठक आजसम्मका लागि स्थगित भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि काँग्रेसले पुस ७ बाट आन्दोलनका रणनीति बनाउन केन्द्रीय समिति शुरु गरेको हो ।

यस बीचमा काँग्रेसले प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र र सम्पूर्ण स्थानीय तहमा सरकारको कदमको विरोध गरिसकेको छ । माघ ८ मा वडा तहमा विरोध प्रदर्शन तथा विरोध सभा आयोजना गरिएको छ । काँग्रेसले औपचारिक रुपमा प्रतिनिधि सभा विघटनलाई असंवैधनिक भने पनि यसको पुनर्स्थापना हुनुपर्ने विषयमा जोड दिएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस