संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध सभामुखको दर्ता रिटको सुनुवाइ आज हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ २५, आईतबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

माघ २५, काठमाण्डौ । संवैधानिक परिषद्ले गरेका विभिन्न संवैधानिक निकायमा गरेका पदाधिकारी नियुक्ति असंवैधानिक भएको दाबी गर्दै सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतमा दर्ता गराएको रिटको सुनुवाइ आज हुँदै छ । सभामुख सापकोटाले गत शुक्रबार दायर गराएको रिटको न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा आज सुनुवाइ हुने भएको हो ।

सभामुख सापकोटाले संसद् नभएको अवस्थामा सुनुवाइ समिति नभएको भन्दै संवैधानिक परिषदका नियुक्तिसम्बन्धी सिफारिस फिर्ता पठाएका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायका अध्यक्ष तथा पदाधिकारी गरी ३४ जनालाई नियुक्ति दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस