अध्यक्ष दाहाल भन्छन्-‘कम्युनिष्ट आन्दोलन शिक्षकको बलमा नै स्थापित भएको हो’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ २७, मंगलबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

माघ २७, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको कम्युनिस्ट आन्दोलन शिक्षकको बलमा नै स्थापित भएको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिक परिवर्तनमा शिक्षकले खेलेको भूमिका अहम रहेको बताए । जीवनका तमाम क्रियाकलापमा शिक्षकको भूमिका नै प्रमुख रहेको उल्लेख गर्दै उनले मजदुर, किसान, श्रमजीवी वर्गले शिक्षकलाई भरोसा गर्ने भएकाले सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको स्पष्ट पनरे ।

अध्यक्ष दाहालले राजनीतिक र सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको शिक्षक समुदायलाई राज्यको तर्फबाट विशेष सुविधा दिलाउन नसकेकामा आत्मआलोचना गर्दै आगामी दिनमा विगतका कमजोरी सुधारेर जाने प्रतिबद्धता व्यक्त गरे । विदेशमा राज्यका महत्वपूर्ण निकायमा नियुक्त गर्दा वा विशेष भूमिका दिँदा शिक्षकलाई नै दिने गरिएको सन्दर्भ जोड्दै उनले नेपालमा भने अवस्था त्यस्तो नरहेको र दोस्रो दर्जाको नागरिकका रुपमा शिक्षकलाई हेर्ने गरिएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस