सरकारको निर्णय : पहिलो चरणमा ४० र दोस्रोमा ३७ जिल्लामा चुनाव गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ २७, मंगलबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ २७, काठमाडौ । मन्त्रिपरिषद बैठकले पहिलो चरणमा ४० जिल्‍ला र दोस्रो चरणमा ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको हो ।

सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ४० जिल्ला र वैशाख २७ गते प्रदेश १, बागमती र कर्णालीमा चुनाव गर्ने निर्णय भएको एक मन्त्रीले इकागजलाई बताए । सरकारले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस